काठमाण्डु – नेकपा एमालेले नेपाली झण्डासहितको पानी जहाज सञ्चालनको योजनालाई घोषणापत्रमा समेटेको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित गर्दै एमालेले मंगलबार सार्वजनिक गरेको घोषणापत्रमा छिमेकी मित्रराष्ट्रहरुको सामुद्रिक बन्दरगाह प्रयोग गरी नेपाली झण्डासहितको पानी जहाज सञ्चालन गरिने उल्लेख छ ।
‘नेपालका प्रमुख नदी हुँदै गंगाबाट कलकत्ता बन्दरगाह र समुद्रसम्मको जल यातायात सञ्चालन गरिने छ,’ घोषणापत्रमा भनिएको छ ।




प्रतिक्रिया