नेपालगञ्जमा बम बनाउँदै गर्दा विष्फोट, विप्लव नेकपाका २ कार्यकर्ता घाइते

नेपालगञ्जमा बम बनाउँदै गर्दा विष्फोट, विप्लव नेकपाका २ कार्यकर्ता घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरस्थित दिवाकर विक्रम मल्लको घरमा बम बनाउने क्रममा प्रेसर कुकर बम विस्फोट भएको छ ।

बुधबार राती करिब साढे आठ बजेतिर मल्लको घरमा विद्यार्थीले भाडामा लिएको कोठामा बम विस्फोट भएको थियो । नेत्र बिक्रम चन्द नेतृत्वको विप्लव समुहका कार्यकर्ताले बम बनाउने क्रममा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

उक्त विस्फोटमा परेर विप्लव समुहका विद्यार्थी संगठनका जिल्ला अध्यक्ष सल्यान निवासी डिल्ली बहादुर डिसी क्षेत्री र उक्त संगठनका कार्यकर्ता कैलाली निवासी धर्मराज बडुवाल घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी रामप्रसाद घर्ती मगरले जानकारी दिए ।

प्रहरीका अनुसार प्रहरीको सुरक्षा घेरामा घाइते दुबै जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

बम बनाउने कार्यमा संलग्न अन्य ३ जना घाइते भएको प्रहारीले जनाएको छ । उक्त घरमा अर्को एउटा पनि बम भेटिएपछि नेपाली सेनाको बज्रदल गण राँझाबाट आएको डिस्पोजल टोलीले बम डिस्पोज गरेको प्रहरीले जनाएको छ ।