तस्करीमा संलग्न सशस्त्र प्रहरी नायब उपरीक्षक बर्खास्त

तस्करीमा संलग्न सशस्त्र प्रहरी नायब उपरीक्षक बर्खास्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठ तस्कर गर्दै गरेको अवस्थामा पक्राउ परेका सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रामप्रसाद भण्डारी बर्खास्त भएका छन् ।

पदीय जिम्मेवारीका दुरुपयोग गरी प्रहरी संगठनको छविमा आँच पुर्याउने काम गरेको भन्दै गृह मन्त्रालयले सोमबार सशस्त्र प्रहरी नियमावलीको नियम ११५ को उपनियम १ अनुसार उनलाई सेवाबाट बर्खास्त गरेको हो ।

भण्डारी गत २१ जेठमा १८४ थान सालको काठ तस्करी गरेर लैजाँदै गरेको अवस्थामा धनकुटाको साँघुरीगढी गाउँपालिकास्थित मुलघाटाबाट पक्राउ परेका थिए ।,यो खबर आजको नयाँ पत्रिकामा छ ।