काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतदान गरेका छन् । चितवन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार लामिछानेले काठमाण्डुमा मतदान गरेका हुन् ।
आइतबार बिहानै उनले काठमाण्डुकाे महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रमा पुगेर मतदान गरेका हुन्। मतदाता नामावलीमा नाम चितवनबाट नभएकाले उनले काठमाडौंमा मतदान गरेका हुन् ।




प्रतिक्रिया