कञ्‍चनपुरबाट नेकपा बहुमतका जिल्ला इन्चार्जसहित ८ पक्राउ

कञ्‍चनपुरबाट नेकपा बहुमतका जिल्ला इन्चार्जसहित ८ पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर – निर्वाचन विरोधी गतिविधि गरिरहेको आरोपमा कञ्चनपुर प्रहरीले नेकपा (बहुमत)का जिल्ला इन्चार्जसहित ८ जनालाई नियन्त्रणमा लिएको छ।

भीमदत्त नगरपालिका–४ स्थित भृकुटी माध्यमिक विद्यालय मतदान केन्द्र बाहिरबाट इन्चार्ज हरिश दयालसहित ८ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

नेकपा (बहुमत) र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चुनाव बहिष्कारको आब्हान गर्दै आएका छन्।