बझाङमा मतपेटिका जोगाउन प्रहरीले चलायो गोली, हवल्दार नै घाइते

बझाङमा मतपेटिका जोगाउन प्रहरीले चलायो गोली, हवल्दार नै घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बझाङमा झडप रोक्न खोज्दा एक प्रहरी जवान घाइते भएका छन्। सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच विवाद हुँदा प्रहरीले चलाएको गोली लागेर एक प्रहरी नै घाइते भएका छन्।

बझाङको छबीस पाथिभेरा गाउँपालिका – १ गुरेलथुमको मष्टा प्रावि मतदान केन्द्रमा हवाई फायर गर्दा प्रहरी घाइते भएका हुन्। दोहोरो झडप हुन थालेपछि झडप रोक्न हवाई फायर गर्ने क्रममा प्रहरीलाई गोली लागेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

हवाई फायर गरेको गोली घरको भित्तामा लागेर फर्कँदा प्रहरी हवल्दारको खुट्टामा गोली लागेको प्रहरीले जनाएकाे छ ।