बाजुराको त्रिवेणीमा गोली चल्दा ३ जना घाइते, एकको अवस्था गम्भीर

बाजुराको त्रिवेणीमा गोली चल्दा ३ जना घाइते, एकको अवस्था गम्भीर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा – बाजुराको त्रिवेणी नगरपालिका-७ मा गोली चल्दा तीन जना घाइते भएका छन् । मतदानका क्रममा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा तीन घाइते भएको प्रहरीले जनाएको छ ।

बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टका अनुसार एक जनाको अवस्था गम्भीर छ । घाइतेहरूको पहिचान हुन नसकेको प्रहरीको भनाइ छ । घाइतेहरूलाई नेपाली सेनाको हेलिकप्टरले उद्दार गरी अस्पताल लगिएको छ ।