पश्चिम सेती २३ बर्षदेखि बन्धक

पश्चिम सेती २३ बर्षदेखि बन्धक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – चाईना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन सिटिजिआईले पश्चिम सेती जलविधुत परियोजनबाट हात झिकेको छ । ७५० मेगावटको यो परियोजना साढे ६ बर्षअघि चिनिया कम्पनीले लिनुअघि अस्टे«लियन कम्पनीले १७ वर्षसम्म ओगटेको थियो ।

पश्चिम सेती निर्माण गर्न आयोजना विकास समझदारी भएको झन्डै साढे ६ बर्ष ७७ महिना पछि सिटिजिआईले आयोजनाबाट हात झिकेको उच्च सरकारी स्रोतले बताएको छ । व्यावसायिक रुपमा सम्भाब्य नदेखिएको भन्दै थ्री गर्जेजले आयोजना बनाउन नसक्ने जानकारी गराएको हो ।

हालसम्म दुईवटा विदेशी कम्पनीले पश्चिमी सेती जलविधुत आयोजनालाई साढे २३ बर्ष बन्धक बनाएका छन । अस्टे«लियन कम्पनी स्नोइ माउन्टेन इन्जिनियरिङ कर्पोरेसन स्मेकले सन् १९९४ देखि २०११, १७ बर्ष सम्म आयोजना बनाउने भन्दै होल्ड गरेको थियो ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।