काठमाण्डु-१० मा कांग्रेसका राजन केसी विजयी

काठमाण्डु-१० मा कांग्रेसका राजन केसी विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका राजेन्द्र केसी (राजन) काठमाण्डु -१० बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

राजन १४ हजार ४५८ मतसहित सांसदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका हिमेस केसीले ११ हजार ७८६ मत पाए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका बलराम थापाले ६ हजार २ सय ७७ र माओवादी केन्द्रका अञ्जना विशंखेले ४ हजार २ सय ६० मत प्राप्त गरेका छन् ।

उनी यसअघि भएका लगातार दुई निर्वाचनमा पनि विजयी भएका थिए । केसीले ०७० को संविधानसभा निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हराएका थिए ।