साढे ३३ किलो सुन तस्करी प्रकरण : थप पाँच जनालाई थुनामा राख्न आदेश

साढे ३३ किलो सुन तस्करी प्रकरण : थप पाँच जनालाई थुनामा राख्न आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – जिल्ला अदालत मोरङले साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा पक्राउ परेका थप पाँच जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

अदालतका न्यायाधीश नारायण प्रसाद शर्माको इजलासले बुधबार पाँच जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

सुन तस्करी प्रकरणमा विमल पोद्दार, सञ्जय खेतान, राजकुमार दारुगा, इम्तियाज उद्दिन, अबु सलमान खान, बालकृष्ण खड्का र ठाकुरप्रसाद ढुंगानाविरुद्ध दोस्रो पूरक अभियोग जिल्ला अदालत मोरङमा दर्ता गरिएको थियो ।

विमल, सञ्जय, राजकुरमार, इम्तियाज र अबु सलमानलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । यो समाचार आजको नागरिकमा छ ।