कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ (१)मा एमालेका वीरबहादुर थापा विजयी

कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ (१)मा एमालेका वीरबहादुर थापा विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुर निर्वाचन क्षेत्र नं १ (१) प्रदेशसभा सदस्यमा नेकपा (एमाले)का वीरबहादुर थापा विजयी भएका छन् ।

निर्वाचन अधिकृत कार्यालयको अन्तिम मतगणनाको परिणामअनुसार उनले १२ हजार तीन सय ५९ मत ल्याइ विजयी भएकाेमा निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बन्धु रानाले ११ हजार छ मत ल्याएका छन् ।

नागरिक उन्मुक्ति पार्टीका पल्टु रानाले दुई हजार ६०, राष्ट्रिय प्रजातन्त्र पार्टीका खेमराज लामिछानेले एक हजार नौ सय ३१, नेकपा (एकीकृत समाजवादी)का जगेश्वर बुढा क्षेत्रीले दुई सय ३४ मत ल्याएको निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले जानकारी दिए ।

उनका अनुसार सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मजुरलाल रानाले एक सय ७०, नेपाल मजदुर किसान पार्टीका भागरथीदेवी रावलले ७६, स्वतन्त्र उम्मेदवार भक्तबहादुर अधिकारीले दुई हजार चार सय ९९ मत ल्याएका छन् । प्रदेशसभाको सो निर्वाचन क्षेत्रमा ४९ हजार छ सय ५२ मतदाता रहेकामा जम्मा मत ३१ हजार आठ सय ९७ खसेको थियो भने एक हजार पाँच सय ६२ मत बदर भएको थियो ।