रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार

रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् ।

चितवन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित लामिछानले शनिबार बिहान फेसबुक पेजमार्फत् चुनावी अवधिमा ११ लाख ८१ हजार ४७२ खर्च भएको बताएका हुन् ।

लामिछानेले आफ्नो कार्यकालभरि कुनै पनि सम्मान तथा पुरस्कार नलिने उद्घोष पनि गरेका छन् । केही दिन पार्टीको कामले काठमाण्डु आउने र त्यसपछि चितवनमा नै कार्यालय सञ्चालनमा ल्याएर जनताको सेवामा लाग्ने उनले बताए ।