रुपन्देही-३ मा गृहमन्त्री खाँणको हार निश्चित

रुपन्देही-३ मा गृहमन्त्री खाँणको हार निश्चित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- रुपन्देही-३ बाट गृहमन्त्री बालकृष्ण खाँण पराजित हुने निश्चित भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक बोहोरासँग पछाडि परेका खाँणको हार निश्चित भएको हो ।

करिब २५ सय मतगणना हुन बाँकी रहँदा बोहोराले २८ सयको अग्रता बनाएर जित सुनिश्चित गरेका छन् । अब सबै मत नेपाली कांग्रेसका उम्मेदवार खाँणलाई गएपनि जित्ने अवस्था छैन ।