एमाले बन्यो लुम्बिनी प्रदेशसभामा पहिलो दल

एमाले बन्यो लुम्बिनी प्रदेशसभामा पहिलो दल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- लुम्बिनीमा प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ नेकपा एमाले सबै भन्दा ठूलो दल बन्न सफल भएको छ । अन्तिम नतिजा आइसक्दा प्रत्यक्षतर्फका ५२ क्षेत्रमध्ये एमालेले १८ सिटमा विजयी हुँदै पहिलो दल बन्न सफल भएको हो ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ सिटमा जित निकालेको छ भने नेकपा माओवादी केन्द्रले पाँच सिट जितेर तेस्रो बनेको छ । त्यसैगरी जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले समान दुईरदुई सिट जितेका छन्

सिके राउत नेतृत्वको जनमत पार्टीले पनि एक सिट जितेर प्रदेश सभामा उपस्थिति जनाएको छ । २०७४ को निर्वाचनमा प्युठानबाट एक सिट जितेको राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीले भने प्रत्यक्षतर्फ एक सिट पनि जित्न सकेनन् ।

यसअघिको प्रदेश सभामा पाँच दलको प्रतिनिधित्व रहेकामा अब कम्तीमा ८ दलको प्रतिनिधित्व हुनेछ । लुम्बिनी प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टी,जनमत र राप्रपा नयाँ दलका रुपका थपिएका हुन् ।

२०७४ को प्रदेश सभा निर्वाचनमा वाम तालमेल हुँदा प्रत्यक्षतर्फ एमालेले २७, माओवादी केन्द्रले १४, नेपाली कांग्रेसले ७, जसपाले २, तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)ले एक र हृदयेश त्रिपाठीको स्वतन्त्र राजनीतिक समूहले एक सिट जितेका थिए ।

यसपटक सत्तारुढ दलहरुबीचको गठबन्धन हुँदा प्रत्यक्षतर्फ नेकपा एमालेले ९ सिट गुमाएको छ भने माओवादी केन्द्रले पनि ९ सिट गुमाएको छ । कांग्रेसले भने गठबन्धनको बलमा नेपाली कांग्रेसले १० सिट थपेको छ ।