काठमाण्डु – सुदूरपश्चिममा प्रदेशसभा अन्तर्गत जम्मा सिट संख्या ५३ छन् । जसमध्ये प्रत्यक्षतर्फ ३२ निर्वाचन क्षेत्र हुन् । हालसम्मको निर्वाचनको नतिजा अनुसार प्रदेशसभामा नेपाली कांग्रेस ११ सिटमा विजयी हुँदै पहिलो दल बनेको छ ।
नेकपा माओवादी केन्द्रले ७ सिट जित्दै दोस्रो स्थान ओगटेको छ भने नेकपा एमालेले ४ सिट जितेको छ । त्यसैगरी नेकपा एकीकृत समाजवादीले दुई सिटमा जित निकालेको छ । सत्ता गठबन्धनले हालसम्म प्रदेशसभामा प्रत्यक्षतर्फ २० सिटमा जित निकालेको हाे ।
यससँगै प्रदेशसभामा सरकार गठनको लागि सत्ता गठबन्धनको बहुमत पुग्ने निश्चित भएको छ । सरकागर गठनको लागि २७ सांसदको आवश्यक पर्छ । सत्ता गठबन्धनले प्रत्यक्षतर्फ बाट नै २० सिट जितेपछि बहुमत पुग्ने निश्चित भएको हो ।
सत्ता गठबन्धनको प्रदेशसभामा बहुमत पुग्ने निश्चित भएसँगै सुदूरपश्चिमको भावी मुख्यमन्त्री नेकपा माओवादी केन्द्रका खगराज भट्ट बन्ने पक्का पक्की नै भएको छ । निर्वाचन भन्दा अगाडि प्रतिनिधिसभामा डडेल्धुराबाट माओवादीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सहयोग गर्ने र प्रदेशसभामा कांग्रेसले खगराजलाई समर्थन गर्न निर्णय भएको थियो ।
आफूलाई सहयोग गर्न खगराज तयार भएपछि देउवाले उनलाई सुदूरपश्चिमको मुख्यमन्त्री बनाउने घोषणा गरेका थिए । खगराज पनि मुख्यमन्त्री पद पाउने आश्वासनपछि देउवाको लागि भोट माग्दै हिडेँ । २०६४, ७० र ०७४ गरी लगातार संघीय निर्वाचनमा देउवासँगै पराजित भएका भट्ट यस पटक देउवाकै सहयोगमा प्रदेशसभामा विजयी भएका छन् ।
केही समय अगाडि काठमाण्डुपाटीसँगको कुराकानीमा खगराजले सुदूरपश्चिमको भावी मुख्यमन्त्री आफू बन्ने दावीसमेत गरेका थिए । यता कञ्चनपुर क्षेत्र नं २ (ख) बाट निर्वाचित बहादुर सिंह थापा पनि मुख्यमन्त्रीका दाबेदार छन् । यसभन्दा अघि पनि माओवादी केन्द्रले मुख्यमन्त्री पद पाएकाले अबको मुख्यमन्त्री नेपाली कांग्रेसले पाउने सहमति जुटे थापालाई मुख्यमन्त्रीका लागि अघि सार्ने नेता एनपी साउँदले चुनावी सभामा भनेका थिए ।
प्रदेशसभामा कसले कहाँ जित्याे ?
बैतडी क्षेत्र नं. १ (क) मा नेकपा एमालेका सुरेन्द्र बहादुर पाल विजयी भएका छन् भने डोटी १ (क) मा पनि नेकपा एमालेका चक्र बहादुर मल्ल निर्वाचित भएका हुन् । बैतडी क्षेत्र नं. १ ख नेपाली कांग्रेसका शिव राज भट्ट विजयी भए ।
त्यस्तै बझाङ क्षेत्र नं. १ (क) मा नेपाली कांग्रेसका उम्मेदवार पृथ्वी बहादुर सिंह निर्वाचित भए भने बझाङ १ (ख) मा माओवादीका भीम बहादुर भण्डारी निर्वाचित भएका छन् । त्यस्तै दार्चुला १ (क) नेपाली कांग्रेसका बिक्रम सिंह धामी विजयी भए भने दार्चुला १ (ख) मा माओवादीका मान बहादुर धामी निर्वाचित भएका हुन् ।
यता अछाम १ (क) मा नेपाली कांग्रेसका मेघ राज खड्का निर्वाचित भएका छन् भने अछाम १ (ख ) मा माओवादी केन्द्रका झपट बहादुर साउद विजयी भए । त्यसैगरी अछाम २ (क) मा पनि माओवादीका उम्मेदवार अक्कल वहादुर रावलले जित निकालेका छन् भने अछाम २ (ख) मा नेपाली कांग्रेसका मान बहादुर रावल निर्वाचित भए ।
यता कैलाली २ (क) मा कांग्रेसका कमल बहादुर शाह विजयी भएका छन् भने कैलाली ४ (क) मा नेकपा एकीकृत समाजवादीका दीर्घ बहादुर सोडारी विजयी भए । त्यस्तै कैलाली ४ (ख) कांग्रेसका प्रकाश बहादुर बम निर्वाचित भए भने कैलाली ५ (क) मा नेकपा एमालेका उम्मेदवार नेपालु चौधरी विजयी भएका छन् ।
त्यस्तै कैलाली ५ (ख) मा कांग्रेसका प्रकाश बहादुर देउवा निर्वाचित हुँदै संसद् प्रवेश गरे । यता कञ्चनपुर २ (क) मा माओवादीका ओम विक्रम भाट निर्वाचित भएका छन् भने कञ्चनपुर २ (ख) नेपाली कांग्रेसका वहादुर सिंह थापा निर्वाचित भएका छन् । त्स्तै कञ्चनपुर ३ (क) मा नेकपा एसका प्रकाश रावल निर्वाचित भएका हुन् । यता डडेल्धुरा क्षेत्र १ (क) बाट नेकपा माओवादी केन्द्रका खगराज भ भट्ट भएका छन् ।
बाजुराबाहेक सुदूरपश्चिम प्रदेशका ८ जिल्लामा करिब मतगणना सकिएको छ ।




प्रतिक्रिया