काठमाण्डु- नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ १० लाख मत कटाएको छ । आइतबार ८७ लाख ७४ हजार ६६१ मत गनिसक्दा माओवादीले समानुपातिक मत १० लाख ५ हजार ६७९ मत पाएको हो ।
त्यसैगरी पहिलो स्थानमा रहेको नेकपा एमालेले २४ लाख १३ हजार २२२ मत ल्याएको छ भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २२ लाख ९४ हजार ९८३ ल्याएको छ ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख ८३ हजार मत ल्याएर चौँथो स्थान कायम गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख १३ हजार कटाएर पाँचौ पार्टी बनेको छ ।




प्रतिक्रिया