एमाले अध्यक्ष ओली र कांग्रेस नेता सिंहबीच भेटवार्ता

एमाले अध्यक्ष ओली र कांग्रेस नेता सिंहबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आउनेक्रम रहेकोमा कांग्रेस नेता सिंह ओली निवास बालकोट पुगेका थिए ।

भेटमा दुवै नेताले एकअर्कालाई बधाई ज्ञापन गरेको र समसामयिक राजनीतिक विषयहरू छलफल गरेका छन् । ओली झापा–५ बाट छैटौँ पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् भने सिंह काठमाण्डु–१ बाट चौथोपटक निर्वाचित भएका छन् ।

पार्टीमा संसदीय दलको नेतामा प्रतिस्पर्धाको तयारी गर्ने बताइरहेका नेता सिंहले चुनावी परिणाम आइनसक्दै एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका छन् ।

नेता सिंहका स्वकीय सचिव युपी लामिछानेले नियमित भेटघाट भएको बताए । ‘पहिले पनि भेट हुन्थ्यो, अहिले भर्खरै चुनाव जितेको, त्यसैले बधाई आदान प्रदान गर्ने गरी भेट भएको हो,’ उनले भने ।