विराटनगर – सुनसरी-१ बाट जनता समाजवादी पार्टीका नेता अशोककुमार राई निर्वाचित भएका छन् । १७ हजार ५९ मत ल्याएर राईले संसद यात्रा तय गरेका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ १६ हजार ६०६ मतमा रोकिइन् । सुरूदेखि नै लिड गरेकी गोमालाई अन्तिममा ४५३ ले पछि पार्दै राई विजयी भए । माओवादीका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७ मत ल्याएर तेस्रो भए ।




प्रतिक्रिया