कांग्रेसबाट प्रधानमन्त्रीको अर्को दाबी, किशोर सिंह राठौर भन्छन्: ‘म पनि प्रधानमन्त्रीका लागि तयार छु’

कांग्रेसबाट प्रधानमन्त्रीको अर्को दाबी, किशोर सिंह राठौर भन्छन्: ‘म पनि प्रधानमन्त्रीका लागि तयार छु’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका सहमहामन्त्री तथा बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य चुनिएका किशोर सिंह राठौरले आफू पनि प्रधानमन्त्रीका लागी सक्षम र तयार रहेको बताएका छन् ।

नेपालगञ्जमा सोमबार पत्रकारसँग कुरा गर्दै राठौरले पार्टी कार्यकर्ताले महामन्त्रीलाई संगठन बनाउनका लागि मत दिएको विर्सन नहुने बताउँदै प्रधानमन्त्रीको दाबी पाँच वर्षपछि गर्न सुझाव दिए ।

प्रतिनिधि सभा सदस्य चुनिएका राठौरले देशमा चलिरहेको सशस्त्र द्वन्द्व अन्त्य गर्ने उद्देश्यले शान्ति प्रक्रियासँगै शुरु भएको नेपालको लोकतान्त्रिक आन्दोलनका केही मुख्य राजनीतिक दलहरुबीच सहकार्यको ऐतिहांसिकताको महत्व स्मरण गर्नु पर्ने भन्दै ०४६ सालको जनआन्दोलनमा भएको सहकार्यलाई लोकतन्त्रको जगका रुपमा लिनुपर्ने समेत बताए ।