सुनसरी-३ मा एमालेकी चौधरीसँग हार नजिक विजय गच्छदार

सुनसरी-३ मा एमालेकी चौधरीसँग हार नजिक विजय गच्छदार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार हार नजिक पुगेका छन् । यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका गच्छदार नेकपा एमालेकी भगवती चौधरीसँग ६ हजार मतान्तरले पछि परेका हुन् ।

मतगणना अन्तिम चरणमा पुग्दा उनलाई चौधरीले ६ हजार ३३५ मतान्तरले पछाडि छन् । यो समाचार तयार पर्दासम्म एमालेकी चौधरीले ३६ हजार ९३६ मत पाउँदा गच्छदारले ३० हजार ६०१ मत पाएका छन् ।

बाँकी मतगणना अनुसार गच्छदारले चौधरीलाई पछि पार्न असम्भव देखिएको छ । कांग्रेसका गच्छदार सुनसरी ३ बाट यसअघि पटक–पटक निर्वाचित हुँदै आएका थिए ।

यस पटक भने उनी पहिलो हार नजिक पुगेका हुन् । चौधरी यसअघि २ पटक गच्छदारसँग पराजित भएकी थिइन् ।