एकीकृत समाजवादीको बैठक जारी, निर्वाचनबारे समीक्षा हुँदै
काठमाण्डु- नेकपा एकीकृत समाजवादीको बैठक बसिरहेको छ । पार्टी मुख्यालयमा जारी केन्द्रीय सचिवालय बैठकमा ४ मंसिरमा सम्पन्न संघ र प्रदेशसभा निर्वाचनको परिणामसहितका विषयमा समीक्षा भइरहेको हो ।
राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले समेत राष्ट्रिय दलको मान्यता पाउनेगरी नतिजा ल्याउँदा एकीकृत समाजवादीले राष्ट्रिय दलको मान्यता पाउन कटाउनुपर्ने तीन प्रतिशतको थ्रेस होल्ड पार गर्न संघर्षरत छ ।
यही बेला बसेको सचिवालय बैठक चुनावी नतिजा, गठबन्धनको आवश्यकता, नयाँ सरकार गठनसहित शक्ति बाँडफाँटका विषयमा छलफल भइरहेको बैठकमा सहभागी एक नेताले बताएका छन् ।