प्रभु बैंकका सीइओ अशोक शेरचनलाई राष्ट्र बैंकले काट्याे सचेतपत्र

प्रभु बैंकका सीइओ अशोक शेरचनलाई राष्ट्र बैंकले काट्याे सचेतपत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बैंक तथा वित्तिय संस्था नियमन विभागले रोक्का राख्न निर्देशन दिएका खाताहरुमा लगातार कारोबार गरेको पाइएपछि प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई नेपाल राष्ट्र बैंकले सचेतपत्र काटेको छ।

नेपाल राष्ट्र बैंकले रोक्का राख्न दिएको निर्देशन उल्लंघन गरेपछि प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसहित अन्य बैंकका प्रमुख कार्यकारी अधिृकतलाई पनि सचेतपत्र काटेको हाे।

शेरचनले बैंक तथा वित्तिय संस्था नियमन विभागले रोक्का राख्न निर्देशन दिएका खाताहरुमा लगातार कारोबार गरेको पाइएपछि शेरचनसहित बैंक अफ काठमाण्डु लिमिटेड, प्राइम कमर्सिलय बैंकका कार्यकारी अधिकृतलाई पनि सचेत गराएको छ।