पैदलयात्रीलाई ठक्कर दिएर फरार जिप चालक पक्राउ

पैदलयात्रीलाई ठक्कर दिएर फरार जिप चालक पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – कञ्चनपुरमा पैदलयात्रीलाई ठक्कर दिएर फरार भएका जिप चालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आइतबार कृष्णपुर नगरपालिका ५ को वडा कार्यालय नजिक यूए ०४१७७९ नम्बरको स्कारपिओ (जिप)ले ठक्कर दिँदा कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडाका ३६ वर्षीय लवदेव भट्टको मृत्यु भएको थियो ।

ठक्कर दिने जिप चालक भीमदत्त नगरपालिका–७ का करन चन्दलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान थालेको जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका भट्टको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको थियो ।