काठमाण्डु- बैतडीमा एक युवतीको शव घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएको छ । मंगलबारदेखि बेपत्ता भएकी युवतीको शव घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएको हो ।
बैतडीको शिवनाथ गाउँपालिका–६ वालाडाँगास्थित शिव मन्दिर नजिकै पञ्चेश्वर गाउँपालिका–४ को सैलोडाकी २१ वर्षीया माया लुहारको शव घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीसँगैकी अर्की किशोरी घाइते छन् । मंगलबारदेखि बेपत्ता भएकी लुहारको शव भेटिएको र घरबाट उनीसँगै गएकी १५ वर्षीया नेहा लुहार घाइते अवस्थामा भेटिएकी हुन् ।
उनको उद्दार गरेर पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा समान्य उपचारपछि डडेल्धुरा पठाइएको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुवै जना मंगलबार बिहान कपडा सिलाउन भनेर घरबाट निस्किएका थिए ।




प्रतिक्रिया