काठमाण्डु- जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका–५ पिपल चौतारा क्षेत्रमा निषेधाज्ञा जारी गरे पनि स्थानीय र विद्यार्थी प्रदर्शनमा उत्रिएका छन् । ग्रेडरको ठक्करबाट १५ वर्षीया बालिका चेतना साउदको मृत्यु भएको घटनालाई लिएर न्यायको माग गर्दै स्थानीय र विद्यार्थी प्रदर्शनमा उत्रिएका हुन् ।
दोषीलाई कारवाहीको दायरमा ल्याउनुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने उनीहरुको माग छ । बिहीबार विहान साइकल चढेर विद्यालय जाँदै गरेकी १५ वर्षकी चेतना साउदलाई सडक सम्याउँदै गरेको ग्रेडरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।




प्रतिक्रिया