भारतीय नागरिकमाथि गोली प्रहार

भारतीय नागरिकमाथि गोली प्रहार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- कपिलवस्तुमा गोली प्रहारबाट एक भारतीय नागरिक घाइते भएका छन् । जिल्लाको मायादेवी गाउँपालिका ४ चाकरचौडामा भारत सिद्धार्थनगर जिल्लाको अलिगढवाका ३५ वर्षीय ईरशाद खान माथि दुई गोली प्रहार हुँदा उनी घाइते भएका हुन् ।

चाकरचौडा बजारको एक होटलमा रहेका भारतीय नागरिक खान माथि काँध र कम्मरमा गरी दुई गोली लागेको प्रहरीले जनाएको छ । गोली लागेर घाइते भएका उनलाई उपचारको लागि भारतको गोरखपुर मेडिकल कलेज लगिएको छ । प्रहरीका अनुसार पैंसाको लेनदेनको विषयमा गोली प्रहार भएको हो ।

अर्कै व्यक्तिलाई ताकेको गोली खानलाई लागेको अनुमान प्रहरीले गरेको छ । घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।