पद्माले घटाइन् मतान्तर, यस्तो छ स्याङ्जा-२ को पछिल्लो मतपरिणाम

पद्माले घटाइन् मतान्तर, यस्तो छ स्याङ्जा-२ को पछिल्लो मतपरिणाम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्याङ्जा-२ मा नेपाली कांग्रेसका उम्‍मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् । निर्वाचन कार्यालयका अनुसार ४० हजार ८४८ मत गणना हुँदा गुरुङले १६ हजार ७३६ मत ल्याएका छन् ।

एमालेकी उम्मेदवार पद्मा अर्यालले १५ हजार १६४ मतसहित गुरुङलाई पछ्याइरहेकी छन् । उनीहरुबीच १ हजार ५ सय ७२ मतको अन्तर छ ।

तेस्रो रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका टिकबहादुर गुरुङले ६ हजार २६६ मत ल्याएका छन् । स्याङ्जा–२ मा ७० हजार १९१ मत खसेको छ ।