प्रदेश सभा समानुपातिकतर्फ मधेशमा कांग्रेसलाई धेरै मत,जनमत तेस्रो

प्रदेश सभा समानुपातिकतर्फ मधेशमा कांग्रेसलाई धेरै मत,जनमत तेस्रो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ​प्रदेश सभा समानुपातिकतर्फ मधेश प्रदेशमा नेपाली कांग्रेसले सबैभन्दा धेरै मत पाएको छ ।

निर्वाचन आयोगको पछिल्लो तथ्यांकअुनसार कूल २० लाख ८६ हजार २९८ मतमध्ये कांग्रेसले ४ लाख १४४ मत प्राप्त गरेको छ ।

मधेशमा नेकपा एमाले ३ लाख ५१ हजार ७६८ मतसहित समानुपातिकतर्फ दोस्रो दल बनेको छ भने पहिलोपटक निर्वाचनमा सहभागी बनेको चन्द्रकान्त राउत ‘सिके’ नेतृत्वको जनतम पार्टी तेस्रो दल बन्न सफल भएको छ ।

उक्त पार्टीले ३ लाख २९ हजार १७७ मत प्राप्त गरेको छ यस्तै चौथोमा जनता समाजवादी पार्टी रहेको छ । उसले २ लाख ९८ हजार ७७४ मत ल्याएको छ ।