पूर्वन्यायाधीश प्रचण्डराज अनिलको निधन

पूर्वन्यायाधीश प्रचण्डराज अनिलको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रचण्डराज अनिलको निधन भएको छ । मुटुरोग, ब्लडप्रेसर र सुगरबाट ग्रसित अनिलको गंगालाल अस्पतालमा मंगलबार ९२ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनको बुधबार अन्तिम संस्कार गरिने जनाइएको छ । पूर्वन्यायाधीश अनिलले विभिन्न जिल्लामा न्यायाधीश र मुख्य न्यायाधीश भएर काम गरेका थिए । उनी विशेष अदालत र क्षेत्रीय अदालतको न्यायाधीश समेत थिए ।