विद्युत् सर्ट भई आगलागी हुँदा १८ लाख बढीको क्षति

विद्युत् सर्ट भई आगलागी हुँदा १८ लाख बढीको क्षति

File photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका तारासिंह महराको घरमा आज आगलागी हुँदा १८ लाख बढीको क्षति भएको छ ।

विद्युत् सर्ट भई घरमा आगलागी भएको हो । आगलागीबाट चार लाख ५० हजार नगद, सात तोला सुनका गहना, दुई वटा कम्प्युटर, प्रिन्टर, महत्वपूर्ण कागजपत्र, लुगाकपडा, फर्निचर, खटियालगायत जलेर नोक्सानी भएको पीडितका दाजु धनसिंह महराले बताए ।

“बसको किस्ता तिर्नका लागि राखेको नगद चार लाख ५० हजार रकम घरमा आगलागी हुँदा जल्यो”, उनले भने– “गहनासहित लगाउने बिछ्याउने, ओढ्ने कपडा सबै जलेर नोक्सानी भएको छ ।” घरमा आगलागी भएको खबर पाएपछि स्थानीयवासीले नजिकैको खानेपानीको पाइपबाट पानी ल्याई आगो निभाएका छन् ।

महरा परिवारको घरमा आगलागी हुँदा निकै ठूलो क्षति भएको वडाध्यक्ष उत्तरदेव भट्टले बताए । घरमा आगलागी भई कति क्षति भयो भन्नेबारे प्रहरीले मुचुल्का तयार गर्ने कार्य भइरहेको उनले बताए । आगलागी भएको खबर पाइएपछि समयमै नियन्त्रण गरिँदा पूरै घर आगलागी हुनबाट जोगिएको उनको भनाइ रहेको छ ।