चिसोका कारण महोत्तरीमा बढे बिरामी

चिसोका कारण महोत्तरीमा बढे बिरामी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी – महोत्तरीमा चिसोका कारण बिरामीको संख्या बढ्न थालेको छ । बाक्लो हुस्सु र कुहिरो लागेका मौसम प्रतिकूल बन्दै गएपछि चिसोका कारण बिरामीको संख्या बढ्न थालेको हो ।

एक सातादेखि स्थानीय अस्पतालमा समेत बिरामीको चाप बढ्न थालेको स्वास्थ्यकर्मीकहरुले बताएका छन् । चिसोका कारण ज्वरो, रुघाखोकी, दम, कोल्ड डायरिया लगायतका बिरामीको संख्या बढेको उनीहरूको भनाइ छ ।

चिसो बढ्न थालेपछि बालबालिका, ज्येष्ठ नागरिक र सुत्केरी महिला प्रभावित भएका छन् । कमजोर आर्थिक अवस्था भएकाहरू समेत जाडोको चपेटामा परेका छन् ।