सर्वोच्चलाई महासचिव गौतमको जवाफ- सबै कारण इजलासमै पेस गर्नेछु

सर्वोच्चलाई महासचिव गौतमको जवाफ- सबै कारण इजलासमै पेस गर्नेछु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- संघीय संसदका महासचिव भरतराज गौतमले सर्वोच्च प्रशासनले सोधेको प्रश्नको जवाफ दिएका छन् । महासचिव गौतमले सर्वोच्च प्रशासनले चोलेन्द्र शमशेर जबराको महाभियोग निष्प्रभावी गराएको बारे सोधेको प्रश्नको जवाफी पत्र पठाएका हुन् ।

तर पत्रमा उनले स्पष्ट जवाफ भने दिएका छैनन् । जबरालाई निलम्बन निष्प्रभावी भएको पत्र दिएपछि सर्वोच्च अदालतको पूर्ण बैठकले ४ वटा प्रश्नको जवाफ माग गर्दै संघीय संसदका महासचिवलाई पत्र पठाएको थियो ।

तर, त्यसपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले उक्त पत्र कार्यान्वयनमा रोक लगाउँदै विपक्षीसँग ७ दिनभित्र लिखित जवाफ माग गर्ने आदेश दिएको थियो ।

आइतबार गौतमले सर्वोच्च प्रशासनलाई पत्र पठाएपछि प्रतिक्रिया दिँदै सबै उत्तर इजलासमै पेस गर्ने बताएका हुन् । महासचिव गौतमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग निष्प्रभावी भएको भन्दै सर्वोच्चलाई पत्र पठाएपछि संवैधानिक इजलासले उनीमाथि कारण देखाऊ आदेश जारी गरेको थियो ।

No description available.