ग्रेडिङ मार्कमा भएको त्रुटि सच्याउन त्रिविसँग नेविसंघको माग

ग्रेडिङ मार्कमा भएको त्रुटि सच्याउन त्रिविसँग नेविसंघको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले ग्रेडिङ मार्कमा भएको त्रुटि सच्याउन त्रिभुवन विश्वविद्यालयसँग आग्रह गरेको छ ।

हालै सम्पन्न ४८ औं दीक्षान्त समारोहमा उपस्थित त्रिभुवन विश्वविद्यालयको सेमेष्टर प्रणालीअन्तर्गत परीक्षा उत्तीर्ण विद्यार्थीहरुको शैक्षिक प्रमाणपत्र, लब्धाङक पत्र र चारित्रिक प्रमाणपत्रमा समेत उल्लेख भएको ग्रेडिङ मार्कमा व्यापक त्रुटि रहेको जानकारी आएको भन्दै नेविसंघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

‘सेमेष्टर प्रणालीअन्तर्गत परीक्षा उत्तिर्ण भइ थप अध्ययन गर्न स्वदेश तथा विदेशका अन्य विश्वविद्यालय एवम् शैक्षिक निकायमा आवेदन दिँदासमेत उक्त त्रुटिका कारण विद्यार्थीहरुले समस्या झेल्नु परेको समेत जानकारी आएकोले तसर्थ सन् २०१७ देखिकै परीक्षाहरुमा यस्ता समस्या देखिएको हुँदा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयलाई यथाशीघ्र, सहजै र निःशुल्क रुपमा उक्त त्रुटिहरू सच्चाइदिनु हुनु नेपाल विद्यार्थी संघ विनम्र अनुरोध गर्दछ,’ नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।