जाजरकोटमा बिरामी बाेकेकाे जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

जाजरकोटमा बिरामी बाेकेकाे जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जरकोटमा सोमबार दिउँसो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । दुई जना गम्भीर भएको प्रहरीले जनाएको हाे ।

सोमबार दिउँसो साढे ४ बजे कर्णाली प्रदेश ०२-०० १ च ०४२९ नम्बरको बोलेरो जीप छेडागाड नगरपालिका–४ स्थित खातिजेवाबाट सोही नगरपालिकाको वडा नम्बर ५ मा रहेको नगर अस्पतालमा उपचारको लागि बिरामी लिएर जाँदै गरेको अवस्थामा भिरपाटी भन्ने स्थानबाट सडकबाट २०० मिटर तल खस्दा घटनास्थलमै ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

मृतकको सनाखत हुन बाँकी रहेको छ । घाइतेको उद्धार कार्य भइरहेको छ ।