काठमाण्डु- नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई रिहा गर्न सरकारले अध्यादेश ल्याउन लागेको भन्दै विरोध प्रदर्शन गरेको छ ।
मंगलबार बिहान त्रिचन्द्र क्याम्पस अगाडि अनेरास्ववियुले अपराधीहरुलाई छुटाउन अध्यादेशको सहारा लिन खोजेको भन्दै विरोध प्रदर्शन गरेको हो । उनीहरुले ‘रेशमलाई देखाउने आलमलाई छुटाउने’, ‘राजनीतिमा अपराधीकरण र अपराधको राजनीतिकरण बन्द गरौँ’ जस्ता नारासहितका प्लेकार्ड बोकेका थिए।
उनीहरुले रेशम चौधरीको बहानामा कांग्रेस नेता मोहम्मद अफ्ताव आलमलाई छुटाउन खोजिएको समेत दावी गरेका छन् । सरकारले जेलमा रहेका रेशम चौधरीलाई छुटाउन अध्यादेश ल्याएपछि चौतर्फी आलोचना भइरहेको छ ।




प्रतिक्रिया