कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारीमा सुवेदी

कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारीमा सुवेदी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  अर्काे व्यवस्था नहुञ्जेलसम्म कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारी पदमा सोही बैँकमा कार्यरत वरिष्ठ उपमहाप्रबन्धक प्रताप सुवेदी नियुक्त हुनुभएको छ ।

बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले उनलाई सो जिम्मेवारी तोकेको हो । बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायको चारवर्षे कार्यकाल आइतबार सकिएको थियो ।