महान्यायाधिवक्तामा दिनमणि पोखरेल, आजै सपथको तयारी

महान्यायाधिवक्तामा दिनमणि पोखरेल, आजै सपथको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता पदमा अधिवक्ता डा. दिनमणि पोखरेल सिफारिस भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरेललाई महान्यायाधिवक्तामा सिफारिस गरेका हुन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ताको नियुक्ति हुने संवैधानिक व्यवस्था छ । पोखरेललाई आजै शितल निवासमा राष्ट्रपतिबाट शपथ ग्रहण गराउने तयारी रहेको जनाइएको छ ।

संवैधानिक कानुनका जानकार पोखरेलले प्रतिलिपि अधिकारका विषयमा विद्यावारिधि गरेका छन् । पोखरेलले यसअघि तत्कालीन सभामुख ओनसरी घर्तीको कानुन विज्ञको रुपमा काम गरेका थिए ।

माओवादी केन्द्रनिकट मानिने वरिष्ठ अधिवक्ता पोखरेल प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त भएसँगै सरकारको कानुनी सल्लाहकारको रुपमा महान्यायाधिवक्तामा नियुक्त गर्न लागिएको जनाइएको छ ।