मोदीको बधाई पत्र लिएर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे भारतीय राजदूत

मोदीको बधाई पत्र लिएर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे भारतीय राजदूत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन् । नयां सरकार बनेसंगै दिल्ली पुगेका भारतीय राजदूतले शुक्रवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर दाहाललाई भेटेका थिए ।

भारतीय राजदूतले भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको बधाई पत्र समेत हस्तान्तरण गरेका थिए । भारतीय प्रधानमन्त्री मोदीले टिवटरमार्फत दाहाललाई बधाई दिएका थिए भने विदेशसचिव विनयमोहन क्वात्राले टेलिफोन गरे बधाई दिएको स्रोतले बतायो । उनि अर्को हप्ता नेपाल भ्रमणमा आउने तयारीमा छन् ।

दाहालको सचिवालयले भेटमा नेपाल भारत बीचको सम्वन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको जनाएको छ ।