टुँडिखेलमा तमु ल्होसारको रौनक (फोटोफिचर)

टुँडिखेलमा तमु ल्होसारको रौनक (फोटोफिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व धुमधामका साथ मनाइरहेका छन् । गुरुङ समुदायको बाक्लो बस्ती रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा तमु ल्होसार भव्यताका साथ मनाउने गरिन्छ ।

काठमाण्डु उपत्यकामा बसोबास गर्ने गुरुङ समुदायले भने टुँडिखेलमा भेला भएर यो पर्व मनाइरहेका छन् ।

गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर १५ पुसमा ‘तमु ल्होसार’ पर्व मनाउँछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।

तस्विरहरु : रासस