सुजुकी ‘विन्टर फ्रि सर्भिस क्याम्प’ पुस २० देखि २२ गतेसम्म हुने


काठमाण्डु –  नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले आउँदो पुस २० देखि २२ गतेसम्म विन्टर फ्री सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ ।

जाडो मौसमले सवारी साधनमा नराम्रो प्रभाव पार्नसक्ने भएकोले, हामीले यसमा ध्यान पुराउन अत्यन्त जरुरी हुन्छ। सुजुकी ग्राहकलाई यो बिषयमा जानकारी गराउन र उहाहरुको गाडीलाई राम्रो अवस्थामा राखिराख्न सो क्याम्प संचालन हुनलागेको कम्पनीले जनाएको छ।

सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनको साथै १५ जना लक्की ग्राहकले फ्री सर्भिस भौचर पनि जीत्नु सक्नुहुनेछ । सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसी-हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउनुहुनेछ ।

त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा उहाँहरुले ५० प्रतिशत छुट पाउनुहुनेछ भने इन्जिन कुलिंग, एसी-हिटर सम्बन्धि पार्ट्स र एसोसरिजमा १० प्रतिशत छुट पाउनुहुनेछ। साथै, यो अवधिमा सुजुकीका ग्राहकले स्पेयर पार्टस् र इन्जिन आयलमा ५ प्रतिशत छुट पाउनुहुनेछ ।

सुजुकीको विन्टर फ्री सर्भिस क्याम्प’ नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement