काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अखिल(क्रान्तिकारी)लाई चुनावमा लाग्न निर्देशन दिएका छन । बिहिवार अखिल(क्रान्तिकारी)को पदाधिकारी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो निर्देशन गरेको अखिल(क्रान्तिकारी) उपाध्यक्ष जीपी मैनालीले जानकारी दिए ।
त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले स्ववियु चुनाव चैत ५ गते गर्न प्रस्ताव गरेको छ। यो मिति त्रिवि कार्यकारी परिषदबाट अनुमोदन भने हुन बाँकी छ। प्रचण्डले संगठनमा असन्तुष्ट बनेकाहरुलाई सहमतिमा ल्याउनुपर्ने बताए।
उनले पञ्चा सिंह नेतृत्वको कमिटी नै आधिकारीक र बैधानिक कमिटी भएकोमा पार्टीमा कुनै कन्फु्जन नरहेको भन्दै संगठनका समस्याहरु समाधान गरेर स्ववियु चुनाव केन्द्रित हुन प्रचण्डले निर्देशन दिनुभएको उपाध्यक्ष मैनालीले जानकारी दिए ।
आफ्नो तेश्रो कार्यकालमा उल्लेख्य काम गर्ने भन्दै प्रचण्डले नराम्रो केही नगर्ने प्रधानमन्त्रिको रुपमा तेस्रो कार्यकाल सरकारले राम्रै राम्रो मात्र गरेर स्मरणिय कार्यकाल बनाउन आफु लागेको प्रचण्डको भनाई थियो ।
यसपटक ऐतिहासिक काम गर्ने उनको दावी छ। बैठकमा ४१ पदाधिकारी मध्य ३७ पदाधिकारी सहभागी भएका थिए ।




प्रतिक्रिया