चिसो ह्वात्तै बढ्यो, सावधानी अपनाउन चिकित्सकको आग्रह

चिसो ह्वात्तै बढ्यो, सावधानी अपनाउन चिकित्सकको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा- दुई सातादेखिको शीतलहरका कारण बढ्दै गएको चिसोले पर्साको जनजीवन नराम्ररी प्रभावित भएको छ । दिनभरि घाम नलाग्ने र सँगै चल्ने चिसो हवाका कारण सर्वसाधारणको दैनिकी प्रभावित बनेको छ ।

दैनिक ज्यालादारी गरी परिवार पाल्नेलाई कठिनाइ भएको छ । बिहानको समयमा हुस्सुका कारण बाटोको पहिचान गर्नसमेत समस्या भएको छ । यातायातका साधन चलाउन कठिनाइ हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढेको छ ।

चिसो बढेसँगै अस्पतालमा उपचार गराउन आउने बिरामीको सङ्ख्या दोब्बरले वृद्धि भएको छ । रुघाखोकी, ज्वरो, दम, रक्तचापलगायतका बिरामी ह्वात्तै बढेका नारायाणी अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंहले जानकारी दिए। “अस्पताल आउनेमा वृद्धवृद्धा तथा बालबालिका बढी छन्”, उनले भने। उनले चिसोबाट जोगिन तातोपानी तथा झोल पदार्थ सेवन गर्न र घर बाहिर ननिस्कन सुझाव दिए ।

चिसोबाट जोगाउन वीरगञ्ज महानगरपालिकाले नगरका विभिन्न सार्वजनिक स्थानमा दाउराको व्यवस्था गरेको छ ।