सचिवले बैठक टार्दा इन्धनको मूल्य घटाउने प्रधानमन्त्रीको निर्देशन तत्काल कार्यान्वयन नहुने

सचिवले बैठक टार्दा इन्धनको मूल्य घटाउने प्रधानमन्त्रीको निर्देशन तत्काल कार्यान्वयन नहुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इन्धनको मूल्य घटाउन दिएको निर्देशन तत्काल कार्यान्वयन नहुने भएको छ । नेपाल आयल निगमका अध्यक्ष समेत रहेका आपूर्ति तथा वाणिज्य सचिव तोयम रायलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले मूल्य घटाउन निर्देशन दिएका थिए।

तर रायले आजका लागि बोलाईएको निगमको बोर्ड बैठक नै रद्द गरेर प्रधानमन्त्रीको निर्देशन टारेका हुन्। रायलाई आजै बसेको मन्त्रिपरिषद् बैठकले अर्थसचिवमा सरुवा गर्ने निणर्य गरेको थियो ।

जाँदाजाँदै निगममा प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन गर्दा विवादमा पर्ने भएपछि उनले गत मंगलबार नै बोर्डसदस्यलाई जानकारी गराइएको आजको बैठक रद्द गरेका हुन्।

योसँगै मूल्य समायोजन गर्न प्रधानमन्त्री प्रचण्डले दिएको निर्देशन तत्काल कार्यान्वयन नहुने भएको हो । बिहीबार ४ बजेर १५ मिनेटमा मन्त्रालयमा बोर्ड बैठक बस्ने भनिएको थियो । तर तोयम रायले आजको बैठक स्थगित गरिएको भनेर ३ बजेर ४५ मिनेटमा जानकारी गराएका हुन्।