पाल्पा बस दुर्घटनाप्रति प्रधानमन्त्रीले गरे दुःख व्यक्त

पाल्पा बस दुर्घटनाप्रति प्रधानमन्त्रीले गरे दुःख व्यक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाल्पा बस दुर्घटनाप्रति दुःख प्रकट गरेका छन् । बस दुर्घटनामा ज्यान गुमाएका यात्रुप्रति उनले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले आज ट्विट गर्दै दुर्घटनामा मृत्यु भएका नागरिकका आफन्तजनमा समवेदना प्रकट गरेका छन् ।

पाल्पाको रैनादेवीछहरा गाउँपालिका–८, टाडीस्थित सालझन्डी–ढोरपाटन सडकखण्डमा गए राति बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको थियो । दुर्घटनामा परी १८ जना घाइते भएका छन् ।

प्रधानमन्त्री दाहालले दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले सार्वजनिक यातायात सुरक्षित र मर्यादित तुल्याउन भूमिका खेल्न सबैमा अपिल गरेका छन् ।