काठमाण्डु – सरकारले गत मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका क्रममा झडपमा परेर मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा मृत्यु भएका बाजुराका सञ्जीव ऐडी र चेतन ऐडीका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । प्रत्येक परिवारलाई १०-१० लाख उपलब्ध गराउने निर्णय भएको हो।
त्यस्तै बैठकले राष्ट्रियसभा सदस्यको रिक्त पदको उपनिर्वाचन माघ २५ गते बुधबार निर्वाचन मिति तोक्ने निर्णय गरेको छ । साथै केही समयअघि कम्वोडियाको एक होटलमा आगलागीका क्रममा मृत्यु भएका झापाका निराकार पाण्डेको शव नेपाल ल्याउन लाग्ने खर्च पनि सरकारले वेहोर्ने उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बताए ।




प्रतिक्रिया