जसपा मधेस प्रदेश : संसदीय दलको नेताका लागि साेमबार निर्वाचन

जसपा मधेस प्रदेश : संसदीय दलको नेताका लागि साेमबार निर्वाचन


काठमाण्डु- जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस प्रदेश संसदीय दलको नेता चयनका लागि भोलि सोमवार निर्वाचन हुने भएको छ । पार्टी संसदीय दलको नेता चयनका लागि सहमतिबाट टुंगो लाग्न नसकेपछि निर्वाचन हुन लागेको हो ।

निर्वाचनका लागि पार्टीको निर्वाचन समितिले आज निर्वाचन तालिका समेत सार्वजनिक गरेको छ । जसपा नेपालको संसदीय दलको नेताको लागि लालबाबु राउत, सरोजकुमार यादव र रामआशिष यादवले दाबी गरेका छन् ।

आइतबार बसेको निर्वाचन समितिको बैठकले निर्वाचन तालिका सार्वजनिक गरेको छ । भोलि हुने निर्वाचनका लागि जसपा नेपालका मधेस प्रदेशका १६ जना सांसदहरूले मतदान गर्ने छन् ।