भारतबाट कैलालीका लागि छुटेकाे बस दुर्घटना, ३ नेपालीसहित ४ जनाको मृत्यु

भारतबाट कैलालीका लागि छुटेकाे बस दुर्घटना, ३ नेपालीसहित ४ जनाको मृत्यु


काठमाण्डु- भारतबाट कैलाली आइरहेको बस उत्तराखण्ड प्रदेशस्थित उन्नाउमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

भारतीय प्रहरी (गौरीफन्टा) थानाका प्रमुख उदय भार यादवका अनुसार बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ६२ जना घाइते भएका छन्। चार जनामध्ये ३ जना नेपाली रहेको जनाइएको छ ।

दुर्घटनामा परेर ज्यान गुमाउनेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घाइते हुने अधिकांश नेपाली छन्। बसमा नेपालीसँगै भारतीय नागरिक पनि सवार थिए ।