सरकारले ५ वर्षमा ६० लाखलाई सामाजिक सुरक्षाभत्ता दिने

सरकारले ५ वर्षमा ६० लाखलाई सामाजिक सुरक्षाभत्ता दिने


काठमाण्डु – वर्तमान सरकारले सम्पादन गर्ने कार्यक्रम समेटिएको ‘न्यूनतम साझा कार्यक्रम’ सार्वजनिक गरेको छ । न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्दै संयोजक विष्णु पौडेलले सामाजिक सुरक्षाभत्ता व्यवस्थित गर्ने समेटिएको जानकारी दिए ।

पाँच वर्षमा ज्येष्ठ नागरिक, एकल महिलासहित ६० लाखलाई सामाजिक सुरक्षाभत्ता दिने व्यवस्था गरिने उनले जानकारी दिए । न्युनतम ज्यालासहितलाई पनि व्यवस्थित गर्ने उनले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितीमा सत्ता साझेदार दलहरूका तर्फबाट नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक भएको हो । सत्ता साझेदार दलले कार्यदल नै बनाएर न्यूतम साझा कार्यक्रम तयार पारिएको थियो ।