काठमाण्डु – हरि बहादुर तामाङ क्रोएसियाको लागि पर्यटन सद्भावना दूतमा नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उनलाई सद्भावना दूत नियुक्त गरेको हो ।
तामाङलाई सद्भावना दूत निर्देशिका दफा ७ बमोजिम चार वर्षका लागि सो पदमा नियुक्त गरिएको हो ।
नेपाल सरकारको पुष ८ गतेको मन्त्रिस्तरीय निर्णयबाट तामाङलाई सो पदमा नियुक्त गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
नियुक्तिपछि तामाङले क्रोएसियामा नेपाली कला संस्कृति तथा पर्यटन प्रवर्धनमा सक्दो योगदान गर्ने बताए ।उनले विभिन्न सामाजिक काम गरेका छन् ।




प्रतिक्रिया