२० लाख धरौटी बुझाएर छुटे सन्दीप लामिछाने

२० लाख धरौटी बुझाएर छुटे सन्दीप लामिछाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने रिहा भएका छन्। लामिछाने पाटन उच्च अदालतमा २० लाख रुपैयाँ धरौटी बुझाएर शुक्रबार रिहा भएका हुन्। पाटन उच्च अदालतले उनलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न बिहीबार आदेश दिएको थियो।

नावालिका बलत्कारको अभियोगमा जिल्ला अदालतको आदेशले लामिछाने थुनामा रहेका थिए । थुनामा रहेका लामिछानेले जिल्लाको आदेश विरुद्ध उच्च अदालत पाटनमा निवेदन दिएका थिए । उक्त निवेदनमा सुनुवाई गर्दै उच्चले शर्तसहित लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश गरेको थियो ।